चितवन : गायक तथा गीतकार हिरन थापाको ‘लाहुरे’ बोलको कौराह गीत सार्वजनिक भएको छ । नवलपरासीको गैँडाकोटमा जन्मीएका थापाले गण्डकी प्रदेश सहितका जिल्लाहरुमा बज्ने कौराह गीत बजारमा ल्याएका हुन् ।
हिरन थापा र संगीता सुनारको स्वर रहेकोे गीतमा थापाकै शब्द र निर्देशन रहेको छ । दिलसिंह सुस्लिङ मगरको संगीत रहेको गीतलाई गाउँले परिवेशमा छाँयाकन गरिएको छ ।
गीतको म्युजिक भिडियोमा वीरेन्द्र थापा मगर (लाहुरे), संगिता सुनार, सुमन थापा, रेजिना मगर, सजिना गुरुङ, निशा मगरलाई देख्न सकिन्छ। मनोज लामाले कोरियोग्राफर गरेको गीतालाई सुरज इन्टरटेनमेन्ट युट्युब मार्फत सार्वजनिक गरिएको छ ।
सप्तगण्डकी कलेजमा पत्रकारिता विषय अध्ययन गरेका थापाको ‘हे कन्छी’ र ‘दशैं आयो’ गीत बजारमा ल्याएका थिए । उनले लेखेका एक दर्जन बढी गीतहरु बजारमा आईसकेका छन् । लाहुरे बोलको कौराह गीतमा प्रेम, माया र विश्वास देखिन्छ ।
जहाँ छुटिमा आएको लाहुरे र गाउँले युवतीको प्रेमलाई गीतमा प्रस्तुत गरिएको छ। थापा पुरानो नेपाली कला,संस्कृती र पहिचान झल्कने नयाँ गीतको तयारीमा आफू रहेको समेत बताएका छन् ।





















