काठमाडौं। नेकपा एमालेले संविधान दिवस (असोज ३ गते) काठमाडौंको नारायणचौरमा राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गर्ने भएको छ।
असोज ३ गते बिहान ७ बजे नारायणचौरको कार्यक्रममा सहभागी भएर राष्ट्रिय झण्डासँग सेल्फी खिच्न एमाले अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेका छन्।
अध्यक्ष ओलीले सोमबार एक भिडिओ सन्देश जारी गर्दै राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरिने उल्लेख गरेका छन्।
अध्यक्ष ओलीले भने, ‘असोज ३ गते नारायणचौरमा भेट गरौं, यसपटकको राष्ट्रिय दिवस जनस्तरबाटै भव्यताका साथ मनाऔं।’





















