काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरम बसपार्क राख्न दिइएको सम्झौता भंग भएको छ । बसपार्क सञ्चालन गर्नेले अनियमितता गरेको भन्दै पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले सम्झौता भंग गरेको हो ।
बसपार्कमा अनियमितता, लापरबाही र कानुनको गम्भीर उल्लंघन भएकालेआइतबार बेलुकीदेखि लागू हुनेगरी सम्झौता भंग गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जानकारी दिए ।
पार्किङ शुल्क उठाएर तिर्नुपर्ने बक्यौता रकम नतिरेको पाइएको मन्त्री किराँतीले बताए । अब अर्को प्रक्रिया पूरा नहुँदासम्म उक्त क्षेत्रमा पार्किङ नि:शुल्क गरिएको उनले बताए । ‘





















