काठमाडौं। वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठगी गरेको उजुरीका आधारमा पक्राउ गरेको हो।
धादिङको ज्वालामुखी गाउँपालिका–१ घर भई हाल भक्तपुरको ठिमी नगरपालिका–३ बस्ने ४० वर्षीय राजकुमार लामिछाने, कैलालीको लम्कीचुहा नगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–२६ मित्रनगर नयाँ बसपार्क बस्ने २३ वर्षीय चित्रबहादुर मगर तथा स्याङ्जाको वालिङ नगरपालिका–१२ घर भई हाल काठमाडौँ महानगरपालिका–४ सुकेधारा बस्ने ४९ वर्षीय वीरबहादुर गुरुङलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।





















