गोरखा / सामाजिक सञ्जाल फेसबुकमा पत्रकारलाई मनपरि र गालिगलौज भाषामा स्टाटस लेख्ने शहिद लखन गाउँपालिका ८ का बुङ्कोट हटियाका मनोज राना मगर पक्राउ परेका छन् ।
पत्रकार महासंघ गोरखा शाखाले आईतवार जिल्ला प्रहरी कार्यालयमा राना मगरले पत्रकारहरुको चरित्र हत्या गर्ने गरी तथानाम गालिगलौज गरेको भन्दै उजुरी गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी बासुदेव खतिवडाका अनुसार ‘हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ । यस विषयमा रानालाई सोधपुछ गरि आवश्यक देखिए थप कारवाही अगाडी बढाउने खतिवडाले जानकारी दिए ।





















