झापा । पत्रकारमाथि दुर्व्यवहार गर्ने एकजना प्रहरी विभागिय कारवाहीमा परेका छन् । झापाकाे इलाका प्रहरी कार्यालय काँकरभिट्टामा कार्यरत असइ तार्केश्वर सोर्णकार विभागिय कारवाहीमा परेका हुन् ।
असइ तार्केश्वरले केही दिन अघि रिपोर्टिङका लागि फिल्डमा रहेका पत्रकारमाथि दुर्व्यवहार गरेका थिए । उनले पत्रकार युवराज आचार्य र प्रविन अधिकारी माथि अपशब्द बोल्दै दुर्व्यवहार गरेका थिए ।
सार्वजनिक स्थलमा समाचार संकलनका लागि पुगेका पत्रकार माथि प्रहरीले दुर्व्यवहार गरेको विषयमा भिडियो प्रमाण सहित जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजाललाई जानकारी गराइएको थियो ।
डिउटीको बेला बर्दी कै आडमा संगठनको नियम विपरीत पत्रकार मात्रै नभएर जोकोहीलाई पनि प्रहरीले दुर्व्यवहार गर्नु गलतभएकाे जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी रिजालले बताए । असइलाई आइतबार नै जिल्ला तानिएको उनकाे भनाइ छ ।





















