गोरखा । पत्रकार राजेन्द्र न्यौपानेलाई पितृशोक परेको छ । गोरखा जिल्ला शहिद लखन गाउँ पालिका वडा नम्बर १ बक्राङ निवासी नेपाल पत्रकार महासघ गण्डकी प्रदेशका कोषाध्यक्ष, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य राजेन्द्र न्यौपाने का बुवा पत्रकारहरुको अभिभावक आदरणीय बुवा नेकपा माओवादी केन्द्र को पार्टी सदस्य केशब न्यौपानेको निधन भएको गोरखा चितवन पत्रकार समाजका अध्यक्ष नबिन बाबु मरहट्टाले जानकारी दिए ।
न्यौपानेका पिता केशवराज न्यौपानेको ७४ वर्षको उमेरमा आइतबार चितवन स्थित वि पि कोईराला क्यान्सर अस्पतालमा निधन भएको हो । न्यौपानेका एक श्रीमती, चार छोरा , एक छोरी र १० नाति नातिनीहरु रहेका छन् ।
सामाजिक कार्यमा अग्रपँक्तिमा रहँदै आएका स्व. न्यौपाने २०४७ सालमा गोरखा जिल्ला किसान आन्दोलनका सचिव भएर काम गरेका थिए । कृषि कर्ममा सक्रिय रहेका न्यौपाने पछिल्लो समय क्यान्सर रोगसँग लडिरहेका थिए ।
उनी गाउँमा विद्यालय स्थापना, खानेपानी, मोटर बाटो निर्माण, गाउँघरमा परेका सामान्य समस्याहरुको समाधानका लागि अग्र मोर्चामा रही काम गर्दै आएका उनलाइ नजिकबाट चिन्नेहरु बताउँछन् ।
आधुनिक प्रविधिको प्रयोग गरेर खेती गर्न प्रोत्साहित गर्ने न्यौपाने मनकामना , बक्राङ र ताक्लुङ क्षेत्रमा सुन्तला प्रजातिका बाली सँरक्षणमा तल्लीन थिए । हाल शहिदलखन १ साविक बक्राङ गाविस घर भएका न्यौपाने किसानहरुलाइ निशुल्क विरुवा प्रदान गर्ने र फल फलेर विक्री पछि विरुवाको शुल्क दिन भन्दै सुन्तला खेतीमा किसानहरुलाइ प्रोत्साहन गरेका स्थानीय टोल बहादुर आले बताउँछन् ।





















