काठमाडौं । काठमाडौं महानगरपालिकाले यही भदौ १५ गते शुक्रवार सार्वजनिक विदा दिने निर्णय गरेको छ । महानगरले भदौ १५ गते सापारु तथा रोपाईं जात्रा मनाउनका लागि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीद्वारा जारी सूचनामा भनिएको छ– ‘काठमाडौं महानगरपालिका स्थानीय राजपत्र संवत् २०८० भाद्र १३ गते प्रकाशित सूचना अनुसार संवत् २०८० भाद्र १५ गते शुक्रवारका दिन सापारु र रोपाईं जात्रासमेत मनाउने प्रचलन अनुसार उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न संवत् २०८० भाद्र १५ गते शुक्रवारका दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’





















