काठमाडौँ । धनगढीको दीपेन्द्र प्रहरी स्कुलमा कार्यरत दार्चुलाको मार्मा गाउँपालिका–६ की २२ वर्षीया शिक्षिका राजेश्वरी डडाल मृत फेला परेकी छिन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा बस्दै आएकी डडाल हिजो बिहीवार मृत फेला परेको प्रहरीले जनाएको छ । यस घटनामा दार्चुलाकै २५ वर्षीय जगदीश कोट्टारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए।
मृतकका परिवारले कोट्टारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । मृतक डडालले ुसुसाइड नोटु समेत लेखेर छोडेको पारिवारिक स्रोतले जनाएको छ।
डडाल र कोट्टारी प्रेम सम्बन्धमा रहेको बुझिएको छ । कोट्टारी दार्चुलाको लटिनाथ क्याम्पसका स्ववियु सभापतिसमेत हुन् । उनी गएको स्ववियु चुनावमा अखिल क्रान्तिकारीबाट सभापति निर्वाचित भएका थिए ।





















