माडी । सामुदायिक रेडियो माडीको १३औँ वार्षिक उत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा २४ महिला सहित १ सय २७ जनाले रक्तदान गरेका छन् ।
जस मध्ये ५२ जना नयाँ रक्तदाता रहेका छन् । कार्यक्रमको आज राष्ट्रिय सभा सदस्य गङ्गा बेलबासेले समुद्घाटन गर्नु भएको थियो । नेपाल रेडक्रस सोसाइटी बघौडा उपशाखा, स्वतन्त्र विद्यार्थी युनियन माडी क्याम्पस,बसन्तपुर युनाइटेड क्लब माडी-३,बसन्तपुरको सह-आयोजनामा संचालित कार्यक्रममा माडी नगर क्षेत्रका रक्तदाताहरुको उल्लास पूर्ण रुपमा उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमको संयोजन माडीका रेडक्रसकर्मी अभियान्ता भागिरथ बस्यालले गर्नु भएको थियो । कार्यक्रमले चितवनमा देखिएको रगतको अभावलाई पुरा गर्न महत्वपुर्ण सहयोग पुर्याएको रेडियो माडीका अध्यक्ष ओवनाथ पाण्डेले बताउनुभयो।
रक्तदान जस्तो महान् र पुण्य कर्ममा सरिक भई रगतको अभावमा छट्टपटाई रहेका बिरामीहरुको जीवन रक्षा गर्ने कार्यमा सहभागी हुने सम्पूर्णमा रेडियो माडीले हार्दिक धन्यवाद ब्यक्त गरेको छ।





















