चितवन । जन्मदिनको अवसरमा शोभाकर भुषालले आफ्नो श्रीमती विष्णु भुषाललाई आईएमई लाइफको ३० लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका छन् ।
पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकका व्यक्तिलाई बीमा पोलिसी उपहार दिने नयाँ ट्रेन्ड चलेको छ । जन्मदिन, विवाह, पास्नी, विवाह उत्सव जस्ता अवसरहरुमा अन्य भौतिक वस्तु भन्दा जीवन बीमा पोलिसी खरिद गरी उपहार दिने प्रचलन बढीरहेको छ ।

यसै बीच २०८० भदौ ५ गते चितवनको भरतपुर ३ निवासी शोभाकर भुषालले आफ्नो श्रीमती विष्णु भुषाललाई बीमा पोलिसी उपहार दिएका छन् । शोभाकरले केक को पृष्ठभुमिमा नै पोलीसी रसिद सजाएर जन्मदिनको केकलाई सजाएका थिए ।
अन्य तडकभडक गरी जन्मदिन मनाउनुभन्दा भविष्यमा हुन सक्ने जोखिम बहन हुने भएकोले उनले आफ्नो श्रीमतीलाई आईएमई लाइफ इन्स्योरेन्सको ३० लाख रुपैयाँको बीमा पोलिसी खरिद गरी उपहार दिएका हुन् ।
जन्मदिनको कार्यक्रममा नारायणगढ एरियाका शाखा प्रमुख किरण सामकोटाले बीमाको महत्व र आवश्यकताको जानकारी गराउदै आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लि.को बारेमा छर्लङ्ग गराउदै आफ्नो श्रीमतीको जन्मदिनमा उपहार स्वरुप बीमा पोलिसी दिएकोमा भुषाल परिवारलाई बधाई सँगसँगै धन्यवाद दिनुभएको थियो ।





















