काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बिच बालुवाटारमा छलफल भएको छ । ५ दिनपछि अध्यक्षद्धय छलफलमा जुटेका हुन् ।
बिहान १० बजेबाट सुरु भएको छलफलमा प्रचण्डसँगै नेकपाका बरिष्ठ नेता झलनाथ खनाल र ओली निकट महासचिव विष्णु पौडेल सहभागी रहेका छन् ।
प्रचण्डले एक्लै ओलीसँग छलफलमा नबस्ने भनेपछि उनको तर्फबाट खनाल र ओलीको तर्फबाट पौडल पनि बैठकमा सहभागी भएको स्रोतको दाबी छ ।
साउन १३ गतेदेखि ओली र प्रचण्डबीच संवाद हुन सकेको थिएन । पार्टीको जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री र पार्टीको अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्छ भन्ने कुरा उठेपछि पार्टीमा विवाद उत्पन्न भएको छ ।
अध्यक्ष अोलीले भने आफू कुनै पनि हालतमा राजीनामा नदिने बरु ‘अर्ली’ महाधिवेशन गर्ने र महाधिवेशनबाट नेतृत्व चयन गर्ने भन्दै अनेक प्रस्ताव पेश गर्दै आएका छन् ।
ओलिको लिडेढिपिका कारण आज पनि ठोस निर्णय नआउने स्रोतले बताएको छ ।
फाइल फोटो





















