भरतपुर – विश्वप्रकाश माध्यमिक विद्यालय भरतपुर १५ मङ्गलपुरमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक,कर्मचारीहरूबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो। चालु शैक्षिकसत्रको गुणस्तर अभिवृद्धि तथा विद्यालय सुधारको लागि मिहिन विश्लेषण गर्दै योजना निर्माण तथा कार्यान्वयन गर्नेगरी कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक जयकृष्ण शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटा प्रमुख अतिथिका रुपमा रहनुभएको थियोे ।कार्यक्रममा सल्लाहकार समिति संयोजक विजय शर्मा भुषाल,निर्माण समिति संयोजक दण्दपाणी भट्ट ,अनुगमन समिति संयोजक बालकृष्ण अधिकारी ,सल्लाहकार मुक्तिप्रसाद अधिकारी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियोे ।

कार्यक्रमका सभाध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष त्रिलोचन कंडेलले विश्वप्रकाश माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाउने अभियान थालनी गर्न सिङ्गो परिवार एक ढिक्का भएर लाग्न विशेष अनुरोध गर्नुभयो । विद्यालयका शिक्षक प्रतिनिधि शिरोमणि पराजुलीले सञ्चालन गर्नुभएको कार्यक्रममा सम्पुर्ण शिक्षकहरुले आ आफ्न भनाइ व्यक्त गर्नुभएको थियो ।
विश्वप्रकाश माध्यमिक विद्यालयले पछिल्लो समय शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै नमुना उन्मुख विद्यालय बन्ने लक्ष्यका साथ आफ्ना गतिविधिहरु अगाडि बढाएकोमा प्रमुख अतिथि समेत रहनुभएका वडा अध्यक्ष श्रीकृष्ण देवकोटाले बताउनु भयो ।





















