चितवन । अहिलेसम्मकै ठूलो धनराशी सहितको दोस्रो संस्करणको दोस्रो सेन्ट्रल कलेज एनपिआई फुटसल कप प्रतियोगिता २०८० साल साउन ३१ गते बुधवारदेखि हुने भएको छ ।
आयोजक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ( क्रान्तिकारी ) एनपिआई मूल इकाई समितिले आज (सोमबार) पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी दिएको हो । जिल्लाकै सर्वाधिक धनराशीको पुरस्कार रहेको कलेजस्तरको प्रतियोगितामा ४० टोली सहभागी हुने बताईएको छ ।

साउन ३१ र ३२ गते दुई दिन चल्ने प्रतियोगितामा चितवन, नवलपुर र मकवानपुरका कलेजहरु सहभागी हुने अनेरास्ववियू क्रान्तिकारी एनपिआई मूल इकाई समिति अध्यक्ष सन्देश कैनीले जानकारी दिए । सहभागी सबै टिम दर्ता भइसकेको उनले बताए । खेल तालिका मंगलबार सार्वजनिक गरिनेछ । प्रतियोगिताका खेलहरु भरतपुर २ स्थित क्षेत्रपुर फुटसलमा हुनेछ ।

प्रतियोगिताको विजेताले ५१ हजार ५११ र उपविजेताले २५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको इकाई सचिव जयप्रकाश गिरीले जानकारी दिए ।

प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि र सह९प्रायोजकमा नेपाल पोलिटिक्निक ईन्स्टिच्युट रहेका छन् । पहिलो संस्करण गत वर्षको भाद्र ८ र ९ गते भएको थियो ।
पत्रकार सम्मेलनमा सेन्ट्रल कलेजमा प्रिन्सीपल वाई वि पौडेलले यो फुटसल प्रतियोगितामा सकेको सहयोग गर्ने बताउदै यसको सफलताको कामना गर्नुभएको थियो ।

![]()





















