काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अहिले सरकार फेरबदलबारे कुनै कुरा नभएको बताएका छन्।
दुई दिनदेखि जारी संसदीय दलको बैठकपछि पत्रकारहरुसँग बोल्दै उनले अहिले कांग्रेस सरकार फेरबदलको पक्षमा नरहेको बताएका हुन्।
‘अहिले हामी बीच सरकार बदल्ने, फेर्ने र ढाल्ने कुरा भएको छैन’, उनले भने, ‘भोलि सम्पन्न हुने संसदीय दलको बैठकबाट केही महत्वपूर्ण निर्णय हुन सक्छ। तर तिनमा सरकार फेरबदलको विषय पर्दैन।’
उनले शुक्रबार र आइतबार गरेर दलको बैठकमा अहिलेसम्म ५० जना सांसदहरुले बोलिसकेको पनि बताएका छन्।
भोलि पनि ११
काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अहिले सरकार फेरबदलबारे कुनै कुरा नभएको बताएका छन्।
दुई दिनदेखि जारी संसदीय दलको बैठकपछि पत्रकारहरुसँग बोल्दै उनले अहिले कांग्रेस सरकार फेरबदलको पक्षमा नरहेको बताएका हुन्।
‘अहिले हामीबीच सरकार बदल्ने, फेर्ने र ढाल्ने कुरा भएको छैन’, उनले भने, ‘भोलि सम्पन्न हुने संसदीय दलको बैठकबाट केही महत्वपूर्ण निर्णय हुन सक्छ। तर तिनमा सरकार फेरबदलको विषय पर्दैन।’
उनले शुक्रबार र आइतबार गरेर दलको बैठकमा अहिलेसम्म ५० जना सांसदहरुले बोलिसकेको पनि बताएका छन्।
बोल्ने क्रम जारी छ। भोलि पनि ११ बजे फेरि बस्छौँ’, उनले भने, ‘भोलि संसदीय दलको बैठकबाट केही महत्वपूर्ण निर्णय पारित गर्छौँ। कुरा धेरै विषयमा उठेको छ। सबै विषयहरुलाई समेटेर निर्णय पारित गर्छौँ।’
बजे फेरि बस्छौँ’, उनले भने, ‘भोलि संसदीय दलको बैठकबाट केही महत्वपूर्ण निर्णय पारित गर्छौँ। कुरा धेरै विषयमा उठेको छ। सबै विषयहरुलाई समेटेर निर्णय पारित गर्छौँ।’