काठमाडौं । वर्षातको कारणले तीन अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । बिहानदेखि वर्षात् हुँदा तीनवटा अन्र्तराष्ट्रिय उडान प्रभावित भएको हो ।
जसकारण चीनबाट आएको दुईवटा विमान चीनतर्फ ‘डाइभर्ट’ भएका छन् । चीनबाट आएका इयर चाइना र सिचुवान एयरले मौसम प्रतिकूल हुँदा चीनतर्फ डाइभर्ट भएको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ ।
यस्तै, भारतको दिल्लीबाट आएको जहाज पनि बनारस डाइभर्ट भएको थियो ।





















