विराटनगर । मदिरा सेवन गरी महिलामाथि दुर्व्यवहार गरेको आरोपमा चिकित्सक पक्राउ परेका छन् । यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका चिकित्सक डा. दीपेन्द्रकुमार महतो पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका सहायक प्रवक्ता प्रहरी निरीक्षक पपु नायकका अनुसार डा. महतोलाई रातको समयमा मदिरा सेवन गरी महिलाको घरमा पुगेर होहल्ला गर्दै दुर्व्यवहार गरेको आरोप लागेको छ । आइतबार राति होहल्ला गर्दै गरेको अवस्थामा महिलाको घरअगाडिबाट पक्राउ गरेको प्रहरीको भनाइ छ ।
सिरहाको मिर्चैया–२ घर भएका ४२ डा।महतो यातायता व्यवस्था कार्यालयमा लाइसेन्सका लागि आवेदन दिनेको आँखा जाँच गर्ने काम गर्दै आएका छन् ।
पहिलो डा.महतो रहेकै कार्यालयमा काम गर्न ती महिलाले केही समयअघि काम छाडेकी थिइन्।
डा. महतोविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन सोमबार म्याद थप गरेर अनुसन्धान भइरहेको सहप्रवक्ता नायकले जानकारी दिए ।





















