भरतपुर – चितवनमा अवस्थित IME LIFE ENSURNING द्वारा आफ्नो 6th ANNIVERSARY काे अवसरमा मानव सेवा आश्रमलाई सरसफाई सामान सहयोग संगै खाजा सेवा सहयोग गरको थियो ।
कार्यक्रममा यशोदा ढुङ्गाना ज्यु, श्री किरण सापकोटा ज्यु र सम्पूर्ण पदाधिकारी ज्युहरुको उपस्थितिमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ व्यक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा सरसफाई ( पोछा,सर्फ,ब्रस होल्डर,स्याम्फु,फिनेल हर्पिक,डिटोल, भाडा र कपडा धुने साबन , मन्जन,बाथरूम ब्रस र खाजा ( फुर्टी,किस्कुट ) लगायतका थुप्रै समानहरु सहयोग प्रदान गरेका थिए ।
सहयोग सामान हस्तान्तरण कार्यक्रममा मानवसेवा आश्रममा रहेका बेसहारा नागरिकहरुको खानपान र व्यवस्थापनमा लाग्ने खर्चमा थप सहयोग पुग्ने गरी उक्त सामान सहयोग गरिएको आईएमई लाईफ ईन्स्युरेन्स नारायणगढका शाखा प्रमुख किरण सापकोटाले बताए ।
‘कर्मचारी साथीहरुले एकमन भएर सहयोग गरौं भन्नुभयो’ , हामीले फगत खर्च हुने रकम मानव सेवामा लगाएका हौं । बेसहाराको साहरा बनिरहेको आश्रमलाई सबैको साथ र सहयोग हुनुपर्ने शाखा प्रमुख सापकोटाले बताए ।
भरतपुर वडा नम्बर ९ मित्र चोकमा रहेको चितवन मानव सेवा आश्रमले आइ एम ई लाईफले गरेको सहयोग , सद्दभाव प्रति हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गरेका थिए ।





















