काठमाडौं — नेपाल स्वास्थ्य व्यवसायी परिषदको अध्यक्षमा परिषद्का पूर्व रजिष्ट्रार धनप्रसाद पौडेलको नाम सिफारिस भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले परिषदको अध्यक्षमा उनको नाम सिफारिस गरेको सचिवालय स्रोतले जानकारी दियो। ‘उहाँको एकल नाम सिफारिस भएको छ,’ स्रोतले भन्यो, ‘क्याबिनेटबाट निर्णय भएर आएको छैन ।’
२ पटक परिषदको रजिष्ट्रार भएका पौडेल स्वास्थ्य सेवा विभागमा मेडिकल टेक्नोलोजिष्टको रुपमा कार्यरत छन् ।





















