नेपाली वाम राजनीतिका प्रभावशाली नेताका रूपमा परिचित अनन्तले सय किलो सुन तस्करीमा गिरफ्तार गरिएका दावा लामा र अमला रोकासँग ८ वर्ष पहिले खिचेको तस्बिरलाई जोडेर प्रचार गरिनु दुखद रहेको बताउनुभएको छ ।
आठ वर्ष अगाडिको तस्बिर , जो भाइरल बनाइएको छ ।
आइतबार पक्राउ परेका चिनियाँ व्यापारी तथा ठमेलका होटल सञ्चालक दावा र अमलासहितको तस्बिर विभिन्न समाचार एजेन्सी र सामाजिक सञ्जालहरूमा प्रचार भइरहेको छ ।
नेता पुनले त्यसपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै सो तस्बिर आठ वर्ष पहिले शहिद परिवार, रोल्पाली चेली अमला सहित खिचेको र अहिलेको सुन तस्करी जस्तो अपराधमा आफुहरूको कुनै पनि संलग्नता नरहेको तथा सुन तस्करीको निष्पक्ष छानवीनको लागि पुर्ण समर्थन गर्दै सहयोग गर्ने बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ( ञसरकारले चालेको सुशासनको मुद्दालाई विषयान्तर गर्न गरिएको यस्ता गलत प्रचारको खण्डन गर्दै सुन तस्करीको निस्पक्ष छानविनको म पूर्णरूपमा समर्थन गर्दछु।नेता अनन्तले राजनीतिक पुर्वाग्रहका आधारमा गरिएको यस्तो गलत प्रचारको भ्रममा नपर्न पनि आम जनसमुदायसँग अपिल गर्नुभएको छ ।
हेर्नुस् उहाँको स्टाटस–
जनयुद्धका सहिद परिवार, रोल्पाकी चेली, पार्टी कार्यकर्ता अमला रोकासंग पारिवारिक भेटघाटको सन्दर्भमा ८ वर्ष पहिला नै सार्वजनिक भईसकेको तस्बिरलाई अहिले मसंग जोडेर गरिएको प्रचारप्रति मेरो गम्भीर आपत्ति छ। सरकारले चालेको सुशासनको मुद्दालाई विषयान्तर गर्न गरिएको यस्ता गलत प्रचारको खण्डन गर्दै सुन तस्करीको निस्पक्ष छानविनको म पूर्णरूपमा समर्थन गर्दछु। राजनीतिक पुर्वाग्रहका आधारमा गरिएको यस्तो गलत प्रचारको भ्रममा नपर्न म सवैसंग हार्दिक आग्रह गर्दछु।





















