भरतपुर । चितवनको भरतपुर महानगरपाकिा वडा नम्बर ११ स्थित गोर्खाली टोल विकास सस्थाको अध्यक्ष तथा सामाजिक अभियन्ता धन माया थापाको नेतृत्वमा कलाकार थापा, मनबहादुर गुरुङ, टेक बहादुर बि.क, शान्ता आले, खुसि गुरुङ, उमा गुरुङ, सुनिता गुरुङ, गिर बहादुर भूजेल सहितको समुह नेपाली कांग्रेस,नेकपा एमाले सहित बिभिन्न राजनितिक दल परित्याग गर्दै नेकपा(माओवादि केन्द्र)मा प्रवेश गरेका हुन ।

देश लाई सुशासन समृद्धिको यात्रामा हिंडाउन नेकपा(माओवादि केन्द्र)का अध्यक्ष एवं सम्माननिय प्रधानमन्त्री ज्युको अठोठ र भ्रष्टाचार बिरोधि अभियान,आम नागरिक लाई अधिकार दिने जनयुद्दको नेतृत्व देखि सुशासन, भ्रष्टाचार नियन्त्रण देश लाई समृद्दिमा हिंडाउन सफल कार्य बाट प्रभावित भएको र भरतपुर महानगरको मेयर एवं नेकपा (माओवादि केन्द्र)को पोलिटब्युरो सद्स्य रेनु दहालको अथक मेहनत प्रयास बाट भरतपुरको नयाँ रुपमा भएको बिकासले हामीहरु प्रभावित भएको भन्दै एक औपचारिक कार्यक्रमका बिच नेकपा (माओवादि केन्द्र) प्रवेश गरेका हुन नव प्रवेशिहरु लाई स्वागत गर्दै भरतपुर महानगरको मेयार रेनु दहालले भरतपुरको थप बिकास र समृद्दि आफ्नो मुल मन्त्र ,ध्यान भएको भन्दै समृद्दिको यात्रमा हातेमालो गर्दै अगाडि बढ्न सबै लाई अनुरोध गर्नु भयो साथै नवप्रवेशि साथिहरुको नेकपा(माओवादि केन्द्र)मा प्रवेशले आंफुलाई थप उर्जा हौसला प्राप्त भएको समेत बताउनु भयो ।

उक्त कार्यक्रममा नवप्रवेशिहरु लाई आफ्नो स्वागत मन्तव्य राख्दै देशको बिकास समृद्दि मात्र नभई उत्पिडित जनजाति हरेक क्षत्र बर्ग समुदायलाई अधिकार दिलाउने पार्टि भएकोले पार्टि लाई थप मजबुत र सशक्त बनाउन लाग्न समेत अनुरोध मेयर दाहालले गर्नु भयो ।
साथै उक्त कार्यक्रममा नेकपा(माओवादि केन्द्र) चितवन जिल्ला संयोजक रामचन्द्र अधिकारी , नेकपा(माओवादि केन्द्र) चितवनका ईन्चार्ज घनश्याम दाहाल अविनाश , नेकपा(माओवादि केन्द्र) भरतपुर महानगर समिति अध्यक्ष एवं बागमति प्रदेश सभा सदस्य माननिय ईश्वर सापकोटा”सुमन” लगायत नेताहरुको पनि उपस्थिति रहेको थियो भने नवप्रवेशिहरु लाइ वडा समितिले थप जिम्मेवारी प्रदान गर्ने नेकपा(माओवादि केन्द्र) भरतपुर–११ अध्यक्ष प्रकाश देवकोटाले बताउनु भयो ।






















