चितवन / क्लिन चितवन ग्रिन चितवन वेटर चितवन द्धारा भरतपुर अस्पतालमा सरसफाइ गरेको छ । सामाजिक कार्यमा सक्रिय चितवनका युवा अभियन्ताहरुले संचालन गरेको ६० दिने ‘क्लीन चितवन,ग्रिन चितवन, बेटर चितवन अभियान संचालन गरेको आज ३७ औँ दिन पुगेको छ ।
सो अवसरमा अभियानका अभियन्ताहरुले भरतपुर अस्पताल बाहिरको सडकमा सरसफाइ कार्यक्रम गरेको अभियानका संयोजक सरोज ध्वज भण्डारीले बताए ।
अस्पताल हातामा फोहर वढेसगैं रोगहरुको संक्रमण पनि वढ्ने हुदा सरसफाइ जरुरी रहेको अभियन्ताहरुले वताएका छन् । तर पनि भरतपुर अस्पतालको हाता वरिपरि मेडिकल कलेजवाट फोहरहरु फालिने भएर पनि सो क्षेत्र वढि दुर्गन्धित हुन पुगेको छ ।
कार्यक्रममा स्थानिय ब्यक्तित्वहरु लगायत अभियानका अभियन्ताहरुको उत्साह जनक सहभागिता रहेको छ ।





















