चितवन – चितवन प्रहरीले यो हप्ता मात्रै हराएका भनी परेका निवेदन उपर खोजतलास गरी २१ थान मोबाइल भेट्टाएर सम्बन्धित मोबाइल धनीलाई फिर्ता गरेको चितवन प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
अहिले फेला पारी बुझाइएका मोबाइलमा जिल्ला प्रहरी कार्यालय चितवनमा विभिन्न मितिमा विभिन्न स्थानहरुबाट मोवाईल फोन हराएको भनि प्राप्त भएका निवेदनको सम्बन्धमा यस कार्यालयबाट खोजतलास गरी यस जिल्ला लगायत काठमाण्डौ, पर्सा, नवलपरासी, कास्की लगायतका जिल्लामा चलाईरहेको अवस्थामा हराएका २१ थान मोवाईल सामसुङ, रेडमी, भिभो, ओप्पो र पोको लगायत ब्राण्डका रहेका छन् ।























