फाईल फाटो
चितवन । पुर्वी चितवनको राप्तीमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । राप्ती नगरपालिका वडा नम्बर २ निवासी २५ वर्षिय एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
उनी एकीकृत समाजबादीको युवा नेता हुन् । एक बालिकालाई पटक पटक यौन दुर्व्यवहार गरेको भन्दै स्थानीयले उनलाई शनिबार बिहान नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको हो । पक्राउ परेका युवकलाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय खैरहनी लगिएको छ ।
१७ बर्षिय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजनालाई नियन्त्रणमा लिइएको र पीडित पक्षको लिखित जाहेरी आएपछि मुद्दा दर्ता गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।





















