काठमाडौं / काठमाडौं नाकामा गरिएको परिक्षणको ठुलो संख्यामा कोरोना पोजेटिभ देखिएपछि गृह मन्त्रालयले १५ साउनबाटै लागू हुने गरी साँझ ७ बजे देखि बिहान ७ बजेसम्म अत्यावश्यक बाहेकलाई काठमाडौं प्रवेशमा गृहले रोक लगाएको छ ।
उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरुले पनि अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न र पास बिना आवागमन पूर्ण रुपमा बन्द गर्न मन्त्रालयले निर्देशन दिएको छ । निर्णय कार्यान्वयन गर्न सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयलाई गृहले ‘विशेष निर्देशन’ दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकामा थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेको संख्या दिन दिनै बढ्दै गएकाले गृहले यस्तो निर्णय गरेको हो ।





















