चितवन – चितवनको भरतपुर महानगरपालिका ११ र १२ को सिमानामा पर्ने आन्तरिक राजश्व कार्यालय पूर्व जागृति चोक , घोल बजार हुँदै जङ्गल छेउसम्मको बाटो बिस्तारको प्रकृया अघि बढेको छ ।
आज (बुधबार) वडा नम्बर ११ र १२ का ईन्जिनियर, प्रविधिक को साथमा जनप्रतिनिधिहरुका साथमा आएका महानगरका ईन्जिनियरले बाटो बढाउन दुबैतर्फ मार्किङ लगाएपछि बाटो बढ्ने प्रकृया अगाडि बढेको १२ नम्बरका वडा अध्यक्ष हरि पन्तले बताए ।
महानगरको विज्ञ टोलीले सो बाटोलाई १६ मिटर कायम गर्ने कसरत गरेकोमा आवस्यकता र क्षेतीको आँकलन गरि महानगरले १२ मिटर कायम गर्न पहल गरेको ईन्जिनियर किरण न्यौपानेले बताए । सो बाटो हाल नाला सहित ९ मिटर छ भने बाटो बिस्तार भएपछि १२ मिटरको हुनेछ ।

उक्त बाटोको बाईपास निस्कने चोक तर्फ भने घर नभत्किदा सम्म कुनैपनि हालतमा १२ बन्न नसक्ने देखिएको वडा प्रतिनिधि नै बताउँछन् । सो बाटोको मुखमा अहिले पनि नक्सा बेगर कै भए पनि ९ मिटर मात्रै देखिन्छ । स्थानीय घरजग्गा धनी भने भैरहेको बाटो भत्काउने तर बनाउने योजना कुनै नभएकोमा आक्रोशित रहेका छन् ।





















