काठमाडौं । सोह्रखुट्टेस्थित एक होस्टेलमा पाँच दिनअघि विद्यार्थी मृत अवस्थामा फेला परेको छ ।उनी अध्ययनरत बिद्यालय बन्द रहेको छ । इटरनल लाइट पब्लिक स्कुल इलिप्स मा कक्षा पाँचमा अध्ययनरत १२ वर्षीय बालक मृत फेला परेका हुन् । मृतकका आफन्तहरूले विद्यालय बन्द गराएका हुन् ।
अभिषेक तामाङको शव जेठ १६ गते विद्यालयको होस्टेलमा झुन्डिएको अवस्थामा फेला परेको थियो । बालकको मृत्यु शंकास्पद रहेको भन्दै आफन्तले विद्यालय प्रशासनमाथि कारबाहीको माग राख्दै नाराजुलस र धर्ना दिँदै आएका छन् ।
उनीहरूको अवरोधका कारण विद्यालय बन्द भएको हो । बालककी आफन्त पूर्णिमा तामाङले शवमा निलडामसमेत रहेकाले आत्महत्या नभई हत्या भएको दाबी गरेकी छन् ।
विद्यालय र मृतकका आफन्तबीच विवाद बढेपछि प्रहरीले विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, होस्टेलका प्रमुखलाई नियन्त्रणमा लिएर अनुसन्धान लिईरहेको छ । उक्त दिनदेखि नै आफन्तहरूले छानबिन र कारबाहीको माग राख्दै विद्यालय बन्द गराएका हुन् ।





















