काठमाडौं । सुनकोशी नदिनमा जिपसहित तीन जना प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी वेपत्ता भएकोमा २ जनाको शव र जिप भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार एक जना अझै वेपत्ता छन् । घटनास्थलबाट करिब २ सय मिटर तल कोशीको पारितर्फ किनारमा गाडीएको अवस्थामा जिप र शव फेला परेको प्रहरीले जनाएको छ ।
बा१झ ७४६७ नम्बरको गाडी शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट(घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका)७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टर सुवास थापाको कमान्डको गोताखोरले मंगलबार साँझ सवा ६ बजे सुनकोशीबाट गाडी र दुई वटा शव बाहिर निकालिएको हो ।
शवको पहिचान हुन सकेको छैन ।
भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सिटिइभिटीको गाडीमा प्रशासन शाखाका निर्देशक कृष्ण केसी, योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेल र इलामका विद्युत् प्राविधिक भानु पौडेल सवार थिए । चालक कृष्ण चौधरी घाइते अवस्थामा आफैँ पौडिएर निस्किएका थिए ।
























