काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले विवाह गरेकी छिन् । उनले केहीदिन अघि विवाह गरेर जापान गएको बुझिएको छ ।
उनले आफ्नो प्रेमि गृहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् । घिमिरे नेकपा (माओवादी केन्द्र)मा आबद्ध छन् । घरमा पुजाको समयमा सामान्य विवाह गरेको बुझिएको छ ।
२८ वर्षीया सोविताले काठमाडौँ– २ बाट प्रतिनिधिसभाको निर्वाचन जितेकी थिइन् ।
सोविताले आफू केही दिनका लागि जापान जान लागेको पार्टीलाई जानकारी गराएकी थिइन् । उनले विवाह गरेको कसैलाई खुलाएकी छैनन् ।





















