चितवन – भरतपुर महानगरपालिका स्काउट प्रमुख तथा संरक्षक दीक्षित हुनुभएको छ । महानगर प्रमुख तथा उपप्रमुख स्काउट दीक्षित हुनु भएको हो ।
बिहीबार एक समारोहका बीच महानगर प्रमुख रेनु दहाल र उपप्रमुख चित्रसेन अधिकारी दीक्षित हुनु भएको हो । स्काउट प्रमुख तथा संरक्षकलाई नेपाल स्काउटका केन्द्रीय संयोजक लोकबहादुर भण्डारीले दीक्षित गर्नुभएको हो । स्थानीय स्तरमा पालिका प्रमुख संरक्षक तथा उपप्रमुख स्काउट प्रमुख रहने व्यवस्था छ ।
भरतपुर महानगरपालिकाको आयोजना तथा भरतपुर महानगर स्काउट समितिको व्यवस्थापनमा भएको भरतपुर महानगरपालिका स्काउट तदर्थ समिति, संरक्षक, प्रमुख स्काउट तथा सचिवको दीक्षान्त समारोहमा नगरप्रमुख तथा उपप्रमुखलाई दीक्षित गराइएको हो ।





















