चितवन / शिक्षा र स्वास्थ्य ,समग्र कृषि, पर्यटनको विकास निर्माणमा अग्रसर रहि सहकार्य गर्दै आएका रत्ननगरका प्रमुख दुई संस्थाहरु रत्ननगर नगरपालिकाको संरक्षकत्वमा रत्ननगर उद्योग वाणिज्य संघ आयोजनामा २०५७ सालदेखि प्रत्येक २ वर्षमा रत्ननगर महोत्सवको आयोजना गरिदै आएको सबैलाई अवगत भएकै बिषय हो ।
यसै क्रममा दशौं पटक पौष २५ देखि माघ ९ गते सम्म रत्ननगर महोत्सव २०७६ भव्यताका साथ सफल सम्पन्न भयो । महोत्सव सफल सम्पन्नताका लागि सहयोग गर्नुहुने सम्पूर्ण संघ संस्था, उद्योगी, व्यवसायी, पत्रकार, विज्ञापनदाता, प्रर्दशक, अवलोकनकर्ता, सुरक्षा सयन्त्र, नागरिक समाज प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।
महोत्सब सम्पन्न गर्नका लागि रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीको संयोजकत्वमा रत्ननगर महोत्सव २०७६ का मूल आयोजक समिति गठन गरिएको थियो ।
११ दिनसम्म चलेको महोत्सवमा चितवनको आर्थिक सम्भावना भएका कृषि उत्पादनहरू माछा, केरा, पोल्ट्री र दुग्धका साथै नयां पर्यटकीय गन्तव्यहरुको प्रबद्र्धन, स्वास्थ्य र शिक्षालाई विशेष जोड दिइएको थियो । यस पटकको महोत्सवमा कुल ८४ लाख २६ हजार ७७४ रुपैया आम्दानी र ७३ लाख बयासी हजार २१३ रुपैया ६२ पैसा खर्च भएको थियो ।
महोत्सवबाट १० लाख ४४ हजार ५६० रुपैया ७२ पैसा बचत भएको छ । विगतमा रत्ननगर महोत्सवको बचत रकमबाट सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा सामाजिक क्षेत्रको विकासमा सहयोग भई रहेको र यस पटकको महोत्सवको बचत रकमबाट पनि संघको सचिवालय व्यवस्थापनका साथै सामाजिक क्षेत्रहरुमा सहयोग गरिने छ ।





















