चितवन – जिल्ला युवा समिति चितवनको आयोजनामा भएको जिल्ला स्तरिय वक्तित्वकला प्रतियोगितामा भुवानी शंकर बहुमुखी क्याम्पसका छात्र देवेन्द्र श्रेष्ठ प्रथम हुनु भएको छ।
उहाँले कुल १५० मा ११५ अंक ल्याएर प्रथम हुनु भएको हो। त्यसैगरी सप्तगण्डकी बहुमुखी क्याम्पसका छात्र अर्जुन अर्याल ११३ अंक ल्याएर दित्तिय,मोहन मा. वि की छात्रा मिका घर्ती १०९ अंक ल्याएर तृतीय र १०८ अंक ल्याएर अरोमा बोर्डिङ स्कुलकी प्रदिप्ती कंडेल सान्तवना स्थान हासिल गर्न सफल हुनु भएको छ।
प्रतियगितामा प्रथम हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार, तेस्रो हुनेले ५ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगितामा २४ वर्ष मुनिका २७ जना युवाले सहभागिता जनाएका थिए।साहित्यकार भूपिन,प्रतिमा सिलवाल,शिरुमणी पराजुलीले प्रतियगितामा निर्णायकको भुमिका निर्वाह गर्नु भएको थियो ।

प्रतियगिताका प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति नारायण प्रसाद अधिकारीले यस्ता प्रतियगिताले विद्यार्थीकोे क्षमता अभिवृद्धि गर्न टेवा पुग्ने बताउनु भयो ।प्रतियगितामा चितवन जिल्लामा रहेका शैक्षिक संस्थाका शिक्षक,विद्यार्थी सञ्चारकर्मी, लगायतको सहभागिता रहेको थियो
नयाँ प्रतिभाको खोजी गर्न प्रदेश युवा परिषद् बाग्मतीको आर्थिक सहयोगमा जिल्ला युवा समिति चितवनले सो प्रतियगिता गरेको समितिका अध्यक्ष रामचन्द्र लम्सालले जानकारी दिनुभयो ।
साहित्यकार विपिन पाठकले संचालन गर्नु भएको प्रतियगिता समितिका अध्यक्ष रामचन्द्र लम्सालको अध्यक्षतामा सम्पन्न भएको थियो।





















