चितवन – नेपाल प्रेस युनियन चितवनले शनिबार स्थापना दिवसको अवसरमा गणतन्त्र पछिको पत्रकारिता विषयक अन्तक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रमलाई संवोधन गर्दै सचिव अर्यालले गणन्तत्र प्राप्तिका लागि पत्रकारहरुको भुमिका अत्यन्तै महत्त्वपूर्ण रहेको स्मरण गर्दै गणन्तत्रलाई जिवीत राख्नका लागि पत्रकारको भुमिका अत्यन्त महत्वपुर्ण रहेको बताईन्न । पत्रकारीता पेशालाई अझै मर्यादित र सम्मानित वनाउन पत्रकारहरुको शुद्विकरण आवश्यक रहेको उनले वताए ।
प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस चौतारि चितवनका अध्यक्ष सुवास पण्डित , प्रेस सेन्टर चितवनका कोषाध्यक्ष किशोर सापकोटा लगायतले प्रेस स्वतन्त्रताका लागि र पेशागत सुरक्षाका लागि अझै शसक्त वनाएर अगाडि वढ्न प्रेस युनियनलाई शुभकामना दिए ।
कार्यक्रममा लोकतन्त्र पश्चात पत्रकारितामा भएको परिवर्तन र पत्रकारिताका चुनौतिका विषयमा व्यापक छलफल भएको थियो । पत्रकारिताले प्राप्त गरेको स्वतन्त्रतालाई अझै सृजनात्मक र संवेदनशिल बनाउने विषयमा समेत छलफल र विचार विमर्श भएको थियो । कार्यक्रमको पहिलो सत्र जिल्ला उपाध्य?क्ष प्रस्ताव सुवेदी र दोश्रो सत्र जिल्ला सदस्य राजेश घिमीरेले संचालन गरेका थिए ।
कार्यक्रममा सहभागीहरुलाई जिल्ला उपाध्यक्ष सिन्धु ढकालले स्वागत गरेकी हुन् । प्रेस अभिव्यक्ति स्वतन्त्रताका लागि ३२ वर्ष अगाडि स्थापना भएको प्रेस युनियन नेपालको सबैभन्दा पुरानो पत्रकारहरुको संस्थाको रुपमा रहेको छ।
नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव सृजना अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।





















