चितवन – धर्मेन्द्र वास्तोलाले नेतृत्व गरेको नेकपा बहुमत ( क्रान्तिकारी नेकपा नेपाल ) का जिल्ला नेता दिपक ढकालले पार्टी छोडेका छन् । नेकपा बहुमतको जिल्ला सचिवालय सदस्य साथै भरतपुर महानगरपालिका ७, ८ र ९ को इन्चार्जको जिम्मेवारीमा रहि काम गर्दै आएका ढकालले पार्टी परित्याग गरेका हुन् ।
अहिले उक्त पार्टी नेकपा बहुमत मा आफ्नो राजनीतिक एवं संगठानिक अन्योलता रहेको कारण आगामी दिनहरूमा जनताका मुद्दा उठाउन नसक्ने र पार्टी नै विघटनको दिशातिर गएको वताउँदै ढकालले नेकपा बहुमत को कुनै पनि जिम्मेवारीमा नरहने घोषणा गरेका हुन् ।
चैत्र १८ गते श्रमिक दिवासको दिन नेकपा बहुमत र मोहन वैध्यले नेतृत्व गरेको क्रान्तिकारी नेकपा माओवादी एकीकरण भइ क्रान्तिकारी नेकपा नेपाल भएर पनि जनतामा क्रान्ति र सर्वहाराको पक्षमा खासै आशाको दीप बाल्न नसकेको र नसक्ने ठहर गर्दै आफु नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा समाहित भएको ढकालले जानकारी दिनुभयो ।
विप्लव नेतृत्वको नेकपा आमूल परिवर्तनको पक्षमा रहेकोले आफूले उक्त पार्टी नै रोजेको वताउँदै ढकालले नेकपा बहुमत का युवा तथा विद्यार्थीहरुको ठुलै समुह छिट्टै नेकपा माओवादीमा समाहित हुने तयारी रहेको वताउनु भयो । राजनैनिक तथा विभिन्न सामाजिक संघ संस्थामा सक्रिय ढकालको बहिरगमले चितवनको नेकपा बहुमत ९क्रान्तिकारी नेकपा नेपाल० लाई ठुलै धक्का पुग्ने नेताहरु बताउंछन् ।
नेकपा बहुमतका जिल्ला नेता ढकालले पार्टी छोडे
नेकपा बहुमतका जिल्ला नेता ढकालले पार्टी छोडे
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















