चितवन । चितवन क्षेत्र नं.२ (ख)बाट निर्वाचित सांसद उत्तम जोशी बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्री शालिकराम जमरकट्टेलले आज मन्त्रीपरिषद् विस्तार गरेका छन् ।
आजै नवनियुक्त मन्त्रीहरुले सपथ ग्रहण गर्ने छन् । स्वास्थ्य मन्त्री बनेका जोशी चितवन कांग्रेसका निवर्तमान सचिव हुन् ।
उनी युवा पुस्तामा लोकप्रिय नेतामा पर्छन् ।





















