काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १ सय ५२ जना केन्द्रीय सदस्यले तत्काल केन्द्रीय केन्द्रीय कमिटी बैठक बोलाउनपर्ने माग राख्दै केन्द्रीय कार्यालय धुम्बाराहीमा निवेदन दर्ता गरेका छन् ।
नेकपा केन्द्रीय कमिटी ४ सय ४१ सदस्यीय छ । बैठक माग गर्नका लागि आवश्यक १ सय ११ जना भए पनि आफूहरूले १ सय ५२ जनाको हस्ताक्षर सहित पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठकको माग गर्दै निवेदन दर्ता गरेको केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले जानकारी दिए ।
पार्टीलाई व्यक्तिले नभएर विधि तथा पद्दतीले सञ्चालन गर्न आवश्यक देखिएकाले बैठकको माग गरिएको हस्ताक्षरकर्ता नेताहरूले बताएका छन् ।
पार्टी विधानअनुसार एक चौथाई सदस्यले बैठक माग गरेको ३० दिन भित्र बैठक बोलाउनु पर्ने नेकपाको विधान अनुसार केन्द्रीय सदस्यले निवेदन दर्ता गराएका हुन् ।























