चितवन / चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्षमा प्रकाश ढुङ्गाना निर्वाचित हुनुभयो छ ।
आज निकुञ्जको मुख्य कार्यालय रहेको कसरामा भएको निर्वाचन मार्फत उहाँ पाँच बर्षै कार्यकालका लागि अध्यक्ष चयन हुनुभएको छ ।
प्रकाश ,नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) चितवनका सचिवालय सदस्य समेत हुनुहुन्छ ।व्यवस्थापन समिति अन्तर्रगत चितवन,नवलपरासी,मकवानपुर र पर्सा जिल्लाका २२ वटा उपभोक्ता समिति छन् ।
ती समितिका सबै अध्यक्ष सोतह नै पदेन सदस्य हुने व्यवस्था रहेको छ । २२ उपभोक्ता समितिका अध्यक्षले मतदान गरेर व्यवस्थापन समितिको अध्यक्ष चुन्ने व्यवस्था रहेको छ ।
ढुङ्गाना भरण्डारभार उपभोक्ता समितिबाट प्रतिनिधि बनेका थिए ।
चितवन निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिको अध्यक्षमा ढुङ्गाना
चितवन निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिको अध्यक्षमा ढुङ्गाना
"जनआवाज अनलाईन "
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
























