चितवन / वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले चितवनका एक प्रहरी निरीक्षक दयाकृष्ण भट्ट सहित ८ जना लाई सम्मानित तथा पुरस्कृत भएका गरेको छ ।
एक बर्ष भरि चितवनको ट्राफिक कार्यालय मातहत रहि उत्कृष्ट कार्य गरेकाले उहाँहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा प्रहरी निरीक्षक दयाकृष्ण भट्ट , प्रहरी नायब निरीक्षक कृष्णबहादुर ठकुरी, प्रहरी सहायक निरीक्षक ईन्द्रबहादुर घिसिङ्ग र प्रहरी हबल्दार हरेराम खतिवडा प्रशंसा पत्र सहित र प्रहरी हबल्दार माधव खतिवडा र बाबुराम न्यौपाने प्रहरी जवानहरु रमेशदत्त भट्ट र अर्जुन अधिकारी नगद पुरस्कार सहित सम्मानित भएका छन् ।





















