काठमाडौं । नक्कलि भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव टोप बहादुर रायमाझि भुमिगत भएका छन् ।
बुधबार दिनभरी सुरक्षाघेराबिच अर्घाखाँचीको कार्यक्रममा रहेका रायमाझि रुपन्देही झरेपछि भुमिगत भएका हुन् ।
सभामुख देवराज घिमिरेसँगै बुधबार दिनभर कार्यक्रममा रहेका रायमाझि घिमिरेसँगै बुधबार बेलुकी रुपन्देही झरेका थिए । घिमिरे काठमाडौं फर्किसकेका छन् भने बुधबार बेलुकीबाट रायमाझि सम्पर्कविहिन भएका हुन् ।
उनको साथमै रहेका नेपाल प्रहरीका पिएसओलाई काठमाडौंमै छोडेर अघाखाँची पुगेका रायमाझि रुपन्देहीबाट सम्र्पकविहिन भएका थिए ।
काठमाडौं प्रहरीले रायमाझि लगायतकालाई नक्कलि भुटानी शरणार्थी प्रकरणमा छानविनको माग गर्दै अदालतबाट बुधबार पक्राउ पुर्जी दिलाएपछि रायमाझि वेपत्ता भएका हुन् ।
रायमाझिका छोरा सन्दीप रायमाझिलाई बुधबार साँझ नै बुटबलबाट पक्राउ गरी काठमाडौं ल्याएको छ । रायमाझि पनि काठमाडौं आएलगत्तै हिरासतमा लिने प्रहरीको तयारी थियो ।
यसअघि पुुर्व गृहमन्त्रीका सल्लाहाकार इन्द्रजित राई, पुर्व गृहसचिव तथा बहाल सचिव टेक नारयण पाण्डे, गिरोहका नाइके केशव दुलाल, गिरोहकै सानु भट्टराई, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई र सन्दीप रायमाझी पक्राउ परीसकेका छन्।
पक्राउपुर्जी जारी भएका पुर्व गृहमन्त्रीका छोरा प्रतिक थापाले छानविनमा सहयोग गर्ने बताएपनि उनले आत्मसमर्पण गरिसकेका छैनन् ।
काठमाडौं प्रहरीका अनुसार शरणार्थी प्रकरणमा अझै केही भिआइपिसहित एक दर्जन गिरफ्तार हुन सक्छन् ।





















