चितवन । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नारायणघाट शाखाले आज एक कार्यक्रम गरि कावासोती नगरपालिका वडा न. १३, का विमित स्व. कमलापति काफ्लेको श्रीमती पेमा कुमारी अधिकारी काफ्ले लाई मृत्यु दावी वापतको रकम भुक्तानी गरेको छ।
कम्पनीका नारायणघाट शाखा प्रमुख ओमकार सिग्देल ले रु २३,०३,००३ को चेक हस्तान्तरण गर्नुभएको हो ।
स्व. काफ्लेले कम्पनीमा गुराँस वार्षिक नगद फिर्ता जिबन बिमा योजना बिमा गर्नु भएको थियो र उहाको केही समय पहिले स्वर्गारोहण भएको हो ।
उक्त कार्यक्रममा शाखा प्रमुख ओमकार सिग्देल ले बिमा बचत सहित जिवनमा आई पर्ने यस्ता अप्रत्यासित घटनाले आश्रीत परिवारमा हुने आर्थिक क्षतिको बलियो आधार हुने हुदा उपस्थित सबैले आफ्नो लागि उचित हुने बिमा गर्नु पर्छ भन्ने कुरा राख्नु भएको थियो ।
गुराँस लाइफ इन्स्योरेन्सद्वारा २३ लाख मृत्यु दाबी भुक्तानी
गुराँस लाइफ इन्स्योरेन्सद्वारा २३ लाख मृत्यु दाबी भुक्तानी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















