काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत थप १४ जना प्रहरी कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ ।
सोमबार र मंगलबार थप १४ प्रहरीमा कोरोना पोजिटिभ देखिएको प्रहरी महानिरीक्षकको सचिवालयका एसएसपी कुवेर कडायतले बताए ।
थपिएका संक्रमित सबैलाई बलम्बुस्थित कोरोना डेडिकेटेड एपीएफ अस्पतालको आइसोलेसनमा पठाउन लागिएको एसएसपी कडायतले बताए ।
यसअघि प्रदेश १ मुख्यालय रानी, पर्साको श्रीपुरस्थित वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय स्याङजामा कार्यरत प्रहरीमा संक्रमण देखिएपछि प्रहरी युनिट नै सिल गरिसकिएको छ । आइतबार १३ जना प्रहरी कर्मचारीमा संक्रमण देखिएको थियो ।





















