चितवन – भरतपुरको नौरङ्गेमा रहेको नवजागरण दिदिबहिनी समूहद्धारा भरतपुर १२ मा रहेको साहाराको घर मा रहेका बाबुआमा नभएका अनाथ बालिकाहरुलाई एक छाक खानाको लागि आवश्यक खानेकुरा बापतको रकम एक कार्यक्रम गरि सहयोग गरेको छ ।
नवजागरण दिदिबहिनी समूहका अध्यक्ष संगिता पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष पुष्पा श्रेष्ठ , कोषाध्यक्ष रेखा तिमल्सेना , सदस्यहरु दुर्गा आचार्य, अप्सरा लामिछाने , अन्जु खड्र्रका , सृजना लामिछाने , भगवती केसी , रन्जीता थापा , सरस्वती लामिछाने , पार्वती भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नवजागरण दिदिबहिनी समूहका अध्यक्ष संगिता पन्तले नवजागरण दिदिबहिनी समूहले हरेक एकादशी तिथी मा भजन कृतन गरि त्यसबाट उठेको रकम सेवा नै धर्म हो भन्ने मनसायका साथ यस साहाराको घर चितवनमा रहेका अनाथ बालिकाहरुलाई आफ्रनो समूहबाट एक छाकको बराबरको रकम हस्तान्तरण गरेर सहयोग गरेको बताउनुभयो र आगामि दिनमा पनि यस साहाराको घरमा रहेका बालिकाहरुको उज्जवल भविश्यको लागि उत्तरउत्तर प्रगतिको कामना गर्दै आफ्रनो समूहबाट सक्दो सहयोग गर्ने कुरा बताउनुभयो ।
कार्यक्रममा साहाराको घर का प्रमुख कुसुम साहाराले नवजागरण दिदिबहिनी समूहलाई सहयोगको लागि धन्यबाद व्यक्त गर्नुभयो साथै हाम्रो संस्थालाई सहयोग गरेर यहाँका बालिकाहरुको राम्रो भविष्य निर्माण गर्न सम्पूर्ण सहयोगी मन हरू लाई हार्दिक अनुरोध समेत व्यक्त गर्नुभयो ।


























