छुट्टीएर बसु भन्दा केहि विकल्प छैन
जति माया गरे पनी आखिर राम्रो भएन ।
किन होला आजभोली मुटु दुख्न थाल्यो
भित्र भित्रै के रोग लायो यो मन सारै गल्यो ।
कहिले यता कहिले उता खुट्टी लरबराउदा
चिप्लिएर लडिन्छ्की हुन थाल्यो चिन्ता ।
जोसमा होसै गुमाउदा ,पत्तो पाईन मैले
दोबाटो मा उभिराछु कुनलाई रोजौ अहिले ।
गन्तव्यमा पुग्नै नपाई टुङ्गिन्छ कि यात्रा
मेरा कयौ सपना ति छ्ननि कत्रा कत्रा ।
कार्यकारी बन्न मन छ आफ्नै घर भित्र
साथदिने कोहि भएनन परे अलपत्र ।
कहिले यता कहिले उता गर्दा बिश्वास टुट्यो
दुईचार जना आफन्त थे उनिपनी छुटे ।
पुरपुरो हाथ राखेर रुन मन लायो
छिमेकीको कुरा सुन्दा यस्तो दिन आयो ।





















