चितवन – पवित्र तिर्थस्थल को नामले परिचीत देवघाटधाममा मकरस्नान महोत्सव २०८० सञ्चालन गरिने भएको छ ।
देवघाट चितवनमा अवस्थित रहेको सिताराम सस्कृत माविको स्तर उन्नतिको निम्ति मकर स्नान देवघाटधाम महोत्सव २०८० आयोजना गर्ने निर्णय गरिएको विद्यालयका प्रधानाध्यापक पोदराज पौडेलले बताएका छन ।
शुक्रबार विद्यालयको प्राङ्गणमा राखिएको बृहत भेलामा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सि गुरुङ लगायत स्थानीय, अभिभावक , बुद्धिजीवि व्यक्तित्व भूपु विद्यार्थी समाजसेवी विद्यालय व्यवस्थापन समिती लगायत विद्यालय परिवारको भेलाले सो निर्णय गरेको हो ।





















