माडी – माडी नगरपालिका ५ बेलुवामा बिउ भण्डारण तथा प्रशोधन गृहको निर्माण हुने भएको छ । बिउ बिजन प्रयोगशाला हेटौडाको बिउ बिजनआत्म निर्भर कार्यक्रम अन्तर्गत संरचना सुधार तथा प्रशोधन गृहको ५० प्रतिसत अनुदानमा निर्माण गर्न लागिएको एग्रो नाइन कम्पनीका संचालक टुक नारायण पौडेलले जनाकारी दिनुभयो ।
बिउ भण्डारण तथा प्रशोधन गृहको निर्माणका लागि बिउ बिजन प्रयोगशाला हेटौडाको ५० प्रतिशत अनुदान तथा बाँकी ५० प्रतिशत एग्रोनाईन कम्पनि प्रा. लि. ले आफ्नो आन्तरिक श्रोतबाट व्यहोर्ने गरि कुल ४३ लाख २० हजार नौ सय त्रिपन्न रुपैंयाको लागतमा सो ग्रिह निर्माण गर्न लागिएको संचालक पौडेलले बताउनुभयो ।
गृहको मङ्गलबार बागमती प्रदेश सभा सदस्य ठाकुर प्रसाद ढकाल र माडी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गणेश घतानेले संयुक्त रुपमा शिलान्यास गर्नुभयो। मङ्गलबार शिलान्यास गरिएको सो बिउ भण्डारण तथा प्रशोधन गृह चालु आर्थिक वर्ष भित्रमा सम्पन्न गर्ने गरि कामलाई अघि बढाइने पौडेलको भनाइ छ ।
गृहमा ९ सय ६० वर्ग फिटको भण्डारण भवन,९० वर्ग मिटरको प्रशोधन खलो र १५० मिटर मेस जाली सहितको कम्पाउण्डिङ्ग,धानका बोराहरू राख्नका लागि गोदाममा प्रयोग हुने पिर्काहरु लगायतका भौतिक संरचनाहरु निर्माण गरिने छ।

एग्रो नाइन कम्पनीले माडी नगरपालिका ५ मा बिगत ३ वर्ष देखि करिव २५ हेक्टर क्षेत्रफलमा सिजन अनुसारका हाईबिर्ड तथा उन्नत जात का बिउ बिजन प्रयोग गरि आधुनिक प्रविधिबाट कृषि उपज उत्पादन संगै प्रशोधन र बजारीकरणको काम गर्दै आएको छ ।
आउँदो बर्षबाट उत्पादन क्षेत्र बिस्तार गरि ५० हेक्टर पुर्याउने लक्ष्य राखिएको र उक्त लक्ष्य पुरा गर्नका लागि माडी नगरपालिका वडा नम्बर १,२,४ र ५ मा रहेका कृषकहरु संग सहकार्य गर्ने तयारी रहेको संचालक पौडेलको भनाइ छ।





















