चितवन २ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्धघाटन
सान्दार अनलाईन
आइतबार, चैत १९, २०७९
प्रकाशित
Advertisement
चितवन – चितवन क्षेत्र नम्बर २ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन भएको छ । आगामि वैंशाख १० गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनको लागि शनिबार भरतपुर १० मा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको हो ।
जिल्ला अदालत चितवनको प्रमुख तथा प्रमुख निर्वाचन अधिकृत बासुदेव न्यौपाने र चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कार्यालयको उद्धघाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन अधिकृत न्यौपानेले चैत २० गतेदेखि २३ गतेसम्म उमेद्वारहरुले उमेद्वारी मनोनयन दर्ता गर्न सक्ने जानकारी दिए ।
‘२० गते मनोनयन दर्ता गर्ने र २३ गते मनोनयन दर्ता टुङ्गाएर वैशाख १० गते निर्वाचन गर्ने तयारीमा जुटेको उनको भनाई छ ।प्रमुख जिल्ला अधिकारी पौडेलले शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सुरक्षा निकाय कटिबद्ध रहेको बताए ।