माडी / पर्साको ठोरीमा संभाबित अयोध्या क्षेत्र बिकाश र प्रबर्धनको लागी गाँउपालीका स्तरीय समिती गठन भएको छ । प्रधानमन्त्री के पि शर्मा ओलीले भगवान रामचन्द्रको जन्मभूमि भारतमा नभइ नेपालको बिरगंजको पश्चिम क्षेत्र ठोरीमा भएको थियो भन्ने अभिव्यक्ति दिएपछि चहलपहल बढेको ठोरीमा आज ” राम जन्मभूमि क्षेत्र विकास समिती” गठन गरिएको छ ।
ठोरी गाउँपालिका वडा नं १ काअध्यक्ष रामप्रकाश कुँवरको अध्यक्षतामा बसेको वडा नं १ र २ को जनप्रतिनिधिहरुको संयुक्त बैठकद्वारा ठोरीलाई राम जन्मभूमि भनिएकाले सत्यतथ्य खोज अनुसन्धान गर्न आवश्यक पर्ने नीति अवलम्बन गरी ठोरीलाई रामजन्मभूमिको रुपमा बिकास गर्न , पर्यटकीय क्षेत्रलाई अगाडि बढाउन, यस क्षेत्रमा भएका पौराणिक ,ऎतिहासिक तथा साँस्कृतिक धरोहरहरु खोजी गरी गुरुयोजना तयार गरी कार्यान्वयनको लागि तथा राम जन्मभुमि सम्बन्धि गतिविधि संस्थागत रुपमा संचालन गर्न समिती गठन गरिएको हो ।
प्रकाश खनालको अध्यक्षतामा गठित समितिमा उपाध्यक्ष मिना गिरी , सचिव चिरञ्जीवी सापकोटा ,सह सचिव गोकुली रेग्मी ,कोषाध्यक्ष गीतादेवी विष्ट रहेका छ्न् । त्यस्तै सदस्यहरुमा टीका अधिकारी ,शम्भु खड्का ,भवनाथ घिमिरे र उत्तम कार्की रहेका छ्न्। साथै पाँच सदस्यीय प्रतिनिधि सदस्य समेत गठन गरिएको छ ।
गठित प्रतिनिधि सदस्यहरुमा पत्रकार प्रेम लामा , महेश गौतम , सुदिप थापा र हेमराज बम्जन, धर्म बहादुर बिष्ट रहेका छ्न् भने समितिको प्रवक्ता समितिका सचिव चिरञ्जीवी सापकोटालाई तोकिएको छ ।





















