काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकार ५ वर्ष टिक्ने दाबी गरेका छन्। काठमाडौं महानगरको आयोजनामा बुधबारदेखि सुरु भएको न्यायिक सम्मेलनमा मेयर बालेन शाहले सरकार टिकिरहे स्थानीय तहलाई पनि सजिलो हुने बताएका थिए।
बालेनलाई जवाफ दिँदै प्रचण्डले निर्वाचनपछि लगातार एउटै सरकार भएको भन्दै सरकार अस्थिर नहुने बताएका हुन्।
‘स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशको निर्वाचन र्गयौं। त्यसपछि सरकार निरन्तर एउटै छ। मेरै नेतृत्वमा सरकार छ। मलाई विश्वास छ, यो सरकार पाँचै वर्षसम्म जान्छ,’ प्रधानमन्त्री प्रचण्डले भने। प्रधानमन्त्री प्रचण्डले सरकारको स्थिरताबारे ढुक्क रहन आग्रह समेत गरे।





















