काठमाडौं। राष्ट्रिय तथ्यांक कार्यालयले कालापानी, लिम्पियाधुरा र लिपुलेकको जनगणना नगरी ‘राष्ट्रिय जनगणना २०७८’ सार्वजनिक गरेको छ।
कार्यालयले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।
जसमा पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ ९४८.९८ प्रतिशत र महिलाको संख्या २ करोड ४९ लाख ११ हजार २७ ९५१.०२ प्रतिशत छ।
तर, नेपालको ‘चुच्चे नक्सा’मा रहेको कालापानी, लिम्पियाधुरा र लिपुलेकमा कति मानिस छन् भन्ने तथ्यांक छैन।
भारतले प्रवेश नदिएपछि अनौपचारिक रूपमा तथ्यांक संकलनको प्रयास गरे पनि सही मापन नभएकाले कालापानी, लिम्पियाधुरा, लिपुलेक राष्ट्रिय जनगणनामा समावेश नभएको हो ।





















