गोरखा – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक बनाएर मात्रै विकास र रोजगारी नहुने बताएका छन् । गोरखा क्षेत्र नम्बर २ मा पर्ने पन्थहिटी कटहरे हर्मी साहिलटार सडकको आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सडक बनाएर मात्रै विकास र रोजगारी नहुने भन्दै शिक्षा, स्वास्थ्य लगायत क्षेत्रसँग सडक जोड्न सक्नुपर्ने बताए।
उनले जनतालाई सेवा दिएर विश्वास जित्ने संकल्प आफूले लिएको उनको भनाइ थियो। प्रधानमन्त्री प्रचण्डले विकासलाई गति दिन वृहत्तर समन्वय बैठक राख्ने समेत बताए। प्रचण्डले विकासलाई गति दिन तीनै तहको सरकारबीच समन्वय बैठक गरिने बताए।





















